११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना



अ+ अ-

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले सुनसरीसहित तराईका विभिन्न जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । उनीहरूले मधेसमा देखिएको धार्मिक तनावबारे सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन रुलिङ गर्न राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा ओमप्रकाश मेहताको हत्याले मुलुकलाई स्तब्ध बनाएको उल्लेख गर्दै संवेदनशील अवस्थामा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर घटनाको वास्तविकता र समग्र अवस्थाबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो घटनाक्रम झन् जटिल बन्दै गएको र यसले आन्तरिक द्वन्द्व, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा गम्भीर असर पारिरहेको दाबी गर्नुभयो । सरकार संवेदनशील घटनाप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै उहाँले सुनसरीमा गोली कसको आदेशमा र किन चलाइयो भन्ने विषयमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सांसद राईले तनाव सुरु भएकै बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेको भए ठूलो क्षति रोक्न सकिने दाबी गर्दै सुरक्षा संयन्त्र कमजोर र विवादास्पद बन्दै गएकोप्रति समेत प्रश्न उठाउनुभयो ।

त्यस्तै, नेकपा (एमाले) की मुख्य सचेतक रोशनी मेचेले मधेसमा उत्पन्न समस्याको समाधान संवादमार्फत खोज्नुपर्नेमा सरकारले क्रुर र बर्बरताको बाटो रोजेको आरोप लगाउनुभयो । उहाँले सरकार नागरिकको सुरक्षा गर्न गएको हो कि गोली प्रहार गर्न भन्दै प्रश्न गर्नुभयो ।

सुनसरीसहित मधेस प्रदेशमा धार्मिक तनावको अवस्था उत्पन्न हुँदा सरकार मौन बसेको आरोप लगाउँदै सांसद मेचेले घटनाबारे सरकारले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

सांसदहरूले सुनसरीलगायत मधेसमा भएका संवेदनशील घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र सामाजिक सद्भाव कायम गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।