३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्ड’लाई प्रसाईंको आग्रह : ‘काजीको पछि नलाग्नुहोस्, जनताले घर न घाटको बनाउने छन्’



अ+ अ-

झाँपा । प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यवसायी दुर्गा प्रसाईंले फरक बाटो नहिँड्न आग्रह गरेका छन् । 

मंगलबार व्यवसायी प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा पुगेका प्रधानमन्त्री केपि ओलीका आगाडी नै प्रचण्डमाथि प्रश्न गरेका हुन् ।  

प्रचण्डलाइ प्रसाईंले सोधे  ‘के कारणले फरक बाटो हिँड्दै हुनुहुन्छ ? म जस्ता कार्यकर्ता र शुभचिन्तकलाई धोका दिने कुरा कति जायज छ ?। ’ 

अस्पताल उद्घाटनको कार्यक्रममा प्रचण्ड नहुँदा मञ्च अपुरो भएको प्रसाईंले बताए । ‘यो मञ्च अपुरो छ, अर्को व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ । नेपाली जनताको मनमा विराजमान हुनुपर्ने तपाईं हो तर जनमञ्चबाट तिरस्कृत हुँदैहुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्नुहुन्छ भने जनताले तपाईंलाई माइतीघरभन्दा धेरै पर हुत्याएर घर न घाटको बनाउने छन्, तपाईं पछुताउनु हुनेछ,’ उनले भने, ‘काजी सा’पहरूले राज्यसत्ताको तर मारेको जनताले रुचाएका छैनन् । विचार गर्नुहोला प्रचण्डजी ।’

आफूले जनताको सेवा गर्दै रोजगारी सिर्जना गर्ने व्यवसाय गर्दा समेत तिरस्कृत हुनुपरेको गुनासो प्रसाईंले गरे ।

व्यवसायी प्रसाईंले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चा कमाएका थिए ।