२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित)



अ+ अ-

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन हिलो तथा लेदो पन्छाउने कार्य तीव्र पारिएको छ।

राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन्। यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताइएको छ।

बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्राप्त जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन्।

सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरू बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणमा सक्रिय रूपमा खटिएका छन्।

बाढीका कारण विभिन्न स्थानमा पुल तथा सडकमार्ग बगाउँदा संघीय राजधानी काठमाडौंसँग कतिपय जिल्लाको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै विद्युत् आपूर्ति अवरुद्ध हुँदा धेरै स्थानमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको सरकारले जनाएको छ।

सडक सञ्जालमा आएको अवरोधका कारण सर्वसाधारणको आवागमन तथा दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। उद्धार तथा राहत कार्यसँगै अवरुद्ध सडकमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले प्राथमिकताका साथ काम गरिरहेका छन्।

– न्युज एजेन्सी नेपाल