११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना



अ+ अ-

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोशी नदीमा पुन: बाढीको जोखिम देखिएको जनाएको छ ।

केन्द्रले जारी गरेको सूचनामा भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ। उक्त ताल निरन्तर बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत रहेको उल्लेख छ।

बाढी पूर्वानुमान महाशाखाले उक्त अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

ताल फुटेमा नदीको बहाव एक्कासि बढ्न सक्ने भएकाले भोटेकोशीको तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

यसअघि भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। पछिल्लो सूचनाले बाढी प्रभावित तथा नदीको तल्लो तटीय क्षेत्रमा रहेका समुदायमा थप जोखिम बढाएको छ।