३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन

रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना गर्ने कार्य तीव्र पारिएको छ।

रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर तथा ब्याट्री पठाएर आसपासका विभिन्न क्षेत्रमा सेवा सञ्चालनमा ल्याइएको छ। धुन्चेमा पनि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरी दूरसञ्चार सेवा सञ्चालनको व्यवस्था गरिएको छ।

त्यस्तै, नुवाकोट र धादिङका मदनपुर, बट्टार, विदुर बसपार्क तथा बैरेनी–ठमेल डाँडालगायतका क्षेत्रमा जेनेरेटर, इन्धन र प्राविधिक जनशक्ति परिचालन गरी सेवा सुचारु गर्ने कार्य जारी रहेको जनाइएको छ।

महत्त्वपूर्ण साइटहरूमा सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ। नेटवर्क व्यवस्थापनअन्तर्गत सञ्चालनमा रहेका बीटीएसमा कभरेज, क्षमता विस्तार तथा अप्टिमाइजेसन गरी सेवा थप प्रभावकारी बनाइएको जनाइएको छ।

यसैबीच, प्रभावित सेवाग्राहीका लागि उपलब्ध निःशुल्क सुविधाको अवधि थप तीन दिन विस्तार गरिएको छ। अब भदौ १२, १३ र १४ गतेसम्म प्रभावित क्षेत्रमा भ्वाइस कल निःशुल्क, प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध हुने जनाइएको छ।

आवश्यक सहयोग तथा आपतकालीन सम्पर्कका लागि १२३४, १०० र १११४ मा सम्पर्क गर्न सकिनेछ।