३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन

भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन
अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म कैलालीका ४० जना सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभएको छ ।

बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका कैलालीका ४० जना नागरिकको हालसम्म परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सम्पर्कविहीनहरूका सम्बन्धमा थप विवरण सङ्कलन तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको तिमिल्सेनाले बताउनुभयो ।

उहाँका अनुसार रसुवामा आएको बाढीपछि जिल्लाबाट विभिन्न कामका लागि गएका व्यक्तिहरूको अवस्था बुझ्ने क्रम जारी छ । सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन विवरण सङ्कलन गरी खोजी तथा उद्धारमा सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आकस्मिक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ ।

पछिल्लो विवरणअनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ भने अझै सयौँ मानिस सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको सङ्ख्या तथा अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले कैलालीका बेपत्ता व्यक्तिका परिवार तथा आफन्तबाट प्राप्त सूचनालाई समेत आधार बनाएर विवरण अद्यावधिक गरिरहेको छ ।