११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड



अ+ अ-

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग गरेको छ।

एकद्वार प्रणालीमार्फत राहत तथा उद्धारका लागि प्राप्त सहयोग रकम बुझ्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई गोर्खा ब्रुअरीका तर्फबाट उक्त रकम हस्तान्तरण गरिएको हो।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई १० करोड रुपैयाँको सहयोग रकम हस्तान्तरण गर्नुभयो।

बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि आवश्यक स्रोत जुटाउन सरकारले विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट प्राप्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणालीबाट परिचालन गरिरहेको छ।