११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्ड’लाई प्रसाईंको आग्रह : ‘काजीको पछि नलाग्नुहोस्, जनताले घर न घाटको बनाउने छन्’



अ+ अ-

झाँपा । प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यवसायी दुर्गा प्रसाईंले फरक बाटो नहिँड्न आग्रह गरेका छन् । 

मंगलबार व्यवसायी प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा पुगेका प्रधानमन्त्री केपि ओलीका आगाडी नै प्रचण्डमाथि प्रश्न गरेका हुन् ।  

प्रचण्डलाइ प्रसाईंले सोधे  ‘के कारणले फरक बाटो हिँड्दै हुनुहुन्छ ? म जस्ता कार्यकर्ता र शुभचिन्तकलाई धोका दिने कुरा कति जायज छ ?। ’ 

अस्पताल उद्घाटनको कार्यक्रममा प्रचण्ड नहुँदा मञ्च अपुरो भएको प्रसाईंले बताए । ‘यो मञ्च अपुरो छ, अर्को व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ । नेपाली जनताको मनमा विराजमान हुनुपर्ने तपाईं हो तर जनमञ्चबाट तिरस्कृत हुँदैहुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्नुहुन्छ भने जनताले तपाईंलाई माइतीघरभन्दा धेरै पर हुत्याएर घर न घाटको बनाउने छन्, तपाईं पछुताउनु हुनेछ,’ उनले भने, ‘काजी सा’पहरूले राज्यसत्ताको तर मारेको जनताले रुचाएका छैनन् । विचार गर्नुहोला प्रचण्डजी ।’

आफूले जनताको सेवा गर्दै रोजगारी सिर्जना गर्ने व्यवसाय गर्दा समेत तिरस्कृत हुनुपरेको गुनासो प्रसाईंले गरे ।

व्यवसायी प्रसाईंले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चा कमाएका थिए ।