३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी
अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीका कारण प्रभावित नुवाकोटका अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना गरेको छ।

बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धारलाई प्राथमिकतामा राख्दै प्राधिकरणले वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गरेको हो।

बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणाली प्रभावित भएपछि धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभीको लाइनलाई ११ केभीमा चार्ज गरी नुवाकोटका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।

विद्युत् आपूर्ति पूर्ण रूपमा नियमित हुन समय लाग्ने क्षेत्रमा ब्याकअपको व्यवस्था पनि गरिएको छ। काठमाडौंलगायतका स्थानबाट २५/२५ केभीएका दुई तथा ५० केभीए क्षमताका डिजेल जेनेरेटरसहित चारवटा प्राविधिक टोली नुवाकोट पठाइएको छ।

प्राविधिक टोलीले अस्पताल, दूरसञ्चार सेवा तथा अन्य अत्यावश्यक क्षेत्रमा जेनेरेटर जडान गरी विद्युत् आपूर्ति सुचारु गर्नुका साथै ब्याकअप पावरको व्यवस्था मिलाइरहेको छ। अत्यावश्यक सेवा प्रभावित हुन नदिन वैकल्पिक स्रोतबाट विद्युत् उपलब्ध गराउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

यस्तै, रसुवा जिल्लामा पनि विद्युत् आपूर्ति सुचारु गर्न विभिन्न विकल्पको तयारी भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक मूल्यांकन गर्दै नियमित विद्युत् आपूर्ति पुनःस्थापनाको काम पनि समानान्तर रूपमा अघि बढाइएको छ।

प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सामान्य अवस्थामा फर्काउन उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी काम भइरहेको प्राधिकरणले जनाएको छ।