११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीहरुले नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गर्नुभएको थियो।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आवश्यक पर्ने सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने बताउनुभयो। नेपालमा बुधबार भएको विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो।