१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमलको समस्या सधैंको लागि अत्य हुन्छ: मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्याकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य भएको बताउनु भएको छ । 

बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताउनु भयो । आफूले मन्त्रालय सम्हाले पछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न हुनथाले पछि मलको समस्या हटेको बताउनु भयो । मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखान स्थापना गर्ने गरि काम अगाडी बढेको मन्त्री अयालले बताउनु भयो । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताउनु भयो ।

कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगमी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि  असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरि प्रथम चौमासिक अवधीमा ३ लाख मेट्रिक टन मल आपुर्तीको प्रक्रिया यहि महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताउनु भयो ।