३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमलको समस्या सधैंको लागि अत्य हुन्छ: मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्याकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य भएको बताउनु भएको छ । 

बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताउनु भयो । आफूले मन्त्रालय सम्हाले पछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न हुनथाले पछि मलको समस्या हटेको बताउनु भयो । मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखान स्थापना गर्ने गरि काम अगाडी बढेको मन्त्री अयालले बताउनु भयो । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताउनु भयो ।

कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगमी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि  असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरि प्रथम चौमासिक अवधीमा ३ लाख मेट्रिक टन मल आपुर्तीको प्रक्रिया यहि महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताउनु भयो ।