१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०र८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।

मापसेबाट गरिएको कारबाहीबाट कूल रु तीन करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ ।

चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सिसीटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

उहाँकाअनुसार यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सक्रियता देखाउँदै आएको छ । “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउन प्रत्येक चालकले सही हालतमा सवारीसाधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ”, केन्द्रीय प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।

यस आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार छ सय २७, कोशी प्रदेशमा दुई हजार पाँच सय २४, मधेस प्रदेशमा दुई हजार २१, बागमती प्रदेशमा एक हजार ९८, गण्डकी प्रदेशमा आठ हजार नौ सय २३, लुम्बिनी प्रदेशमा दुई हजार सात सय ७३, कर्णाली प्रदेशमा एक हजार दुई सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । काठमाडौँ उपत्यकाका धैरै ठाउँमा सवारीसाधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेका कारण चालक सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि विषेश जोड दिँदै आएका छौँ ।”

सो अवधिमा कारबाहीमा पर्नेबाट काठमाडौँ उपत्यकामा रु एक करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा रु २५ लाख ३९ हजार पाँच सय, मधेस प्रदेशमा रु २० लाख ४२ हजार पाँच सय, बागमती प्रदेशमा रु ११ लाख १७ हजार, गण्डकी प्रदेशमा रु ९५ लाख ६८ हजार, लुम्बिनी प्रदेशमा रु २७ लाख ७३ हजार, कर्णाली प्रदेशमा रु १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा रु २० लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

यसैगरी उक्त अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा ८१, कोशी प्रदेशमा २८, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् ।

प्रहरी प्रवक्ता ढकाल भन्नुहुन्छ, “मापसे, लापसे नगरी सवारीसाधन चलाउने कार्यलाई प्रवद्र्धन गर्न प्रहरी र नागरिकबीच सहकार्य र समन्वय गरी अगाडि बढ्नु आवश्यक छ । हाम्रो मुख्य ध्यान दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो । नागरिकले पनि प्रहरीको यो कार्य मेरो आफ्नै सुरक्षाका लागि हो भन्ने कुरा मनन् गरिदिएमा सबैका लागि राम्रो हुनेछ ।” रासस