३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीमा परी पाँच आतङ्ककारी मारिए



अ+ अ-

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् । आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग ९सीटीडी० ले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।
सीटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको छ  ।  तर आतङ्ककारीको समूहतर्फबाट गोलीबारी शुरु भएपछि प्रहरीको जवाफी कारबाहीको क्रममा कम्तीमा पाँच आतङ्ककारीको घटनास्थलमा नै मृत्यु भएको थियो । 

प्रहरी कारबाहीको क्रममा मारिएका ती आतङककारीहरुले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले खुलाशा गरेको छ । आतङ्ककारीको तर्फबाट भारी मात्रामा विस्फोटक पदार्थ , स्वचालित हतियार,  रिमोट कन्ट्रोलहरु बरामद भएको प्रहरी स्रोतले जानकारी दिएका छन् । 




भर्खरै