४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीमा परी पाँच आतङ्ककारी मारिए



अ+ अ-

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् । आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग ९सीटीडी० ले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।
सीटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको छ  ।  तर आतङ्ककारीको समूहतर्फबाट गोलीबारी शुरु भएपछि प्रहरीको जवाफी कारबाहीको क्रममा कम्तीमा पाँच आतङ्ककारीको घटनास्थलमा नै मृत्यु भएको थियो । 

प्रहरी कारबाहीको क्रममा मारिएका ती आतङककारीहरुले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले खुलाशा गरेको छ । आतङ्ककारीको तर्फबाट भारी मात्रामा विस्फोटक पदार्थ , स्वचालित हतियार,  रिमोट कन्ट्रोलहरु बरामद भएको प्रहरी स्रोतले जानकारी दिएका छन् ।