२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल धेरै चलाउने बानी कसरी हटाउने ?



अ+ अ-

काठमाडौं । हाम्रो जिबनमा मोबाइलको महत्त्व सबै भन्दा उच्च स्थानमा रहेको छ । आजभोली मोबाइल नबोक्ने कोही मानिस हुन्न । कसैलाई एकदिनको लागि मोबाइल नबोक भन्दा उसको लागि सबै भन्दा ठुलो सजाय हुनसक्छ । तर मोबाइलको कारणले हामीले नजिकको व्यक्ति वा कुनै पनि वस्तुलाई टाढा बनाएर टाढा भएकोलाई भने नजिक बनाएको स्थिति छ ।

यो दुरीलाई सुधार गर्नको लागि हामीले केही आफ्नो आदत वा बानीलाई बदल्न जरुरी छ । केही दैनिक आदतलाई बदल्नको लागि हामीले यसमा आज चर्चा गरेका छौं । 
 

  • आफु सुत्ने नजिकै मोबाइल फोन नराख्नुस् 
  • अलार्म सेट गर्दा मोबाइलमा नराखेर घडिमा राख्नुस्
  • पढ्ने, काम गर्ने र खाना खाने समयमा मोबाइल नजिक नराख्नुस्
  • नजिकका साथीहरुसँगे च्याटमा कुरा गर्नु भन्दा भेटेर कुरा गर्ने वातावरण मिलाउनुस् 
  • हातमा घडि बाध्ने गर्नुहोस् ताकी समय हेर्नको लागि मोबाइलको आवश्यकता नपरोस्
  • एप र गेमको एपहरु धेरै नराख्नुहोस् 
  • आफ्नो कामलाई उच्च प्राथमिक्ता दिनुहोस् 
  • विभिन्न कलाहरु सिक्नुहोस्, साहित्य लेख्नुहोस्
  • मोबाइल ओपन गर्नको लागि लामो र गाह्रो पासर्वोड राख्नुहोस् 
  • महत्वपूर्ण फोन आउने समय भन्दा बाहेक अरुबेला फोन साइलेन्टमा राख्नुहोस्
  • आफ्नो मनमा लागेका कुराहरु नजिकको व्यक्तिलाई शेयर गर्नुहोस् वा डायरी बनाएर त्यसमा पोख्नुहोस्
  • पाठ्यक्रम भन्दा बाहिरको किताबहरु पढ्ने बानी बसाल्नुहोस् 
  • आफु वरिपरीका व्यक्तिहरुसँग बोल्ने र घुलमिल हुने बानीको विकास गर्नुहोस्
  • सकेसम्म मोबाइललाई हातमा नराख्नुहोस्, ब्यागमा, पर्समा अथवा आफ्नो पकेटमा राख्ने गर्नुहोस् 
  • बिना कारण मोबाइल चलाउन मन लागे आखा चिम्लेर लामो सास फेर्नुहोस्  (एजेन्सीको सहयोगमा)