२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा

कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकले भोग्दै आएका समस्या, दुःख–सुख र भावनालाई काठमाडौंको राजनीतिक नेतृत्वले बुझ्न आवश्यक रहेको बताउनुभएको छ।

बुधवार काठमाडौंमा लक्ष्मणबहादुर शाहीद्वारा लिखित ‘आधा अध्याय’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री राणाले देशका विभिन्न भूगोल र समुदायका वास्तविक समस्या नबुझी राजनीति गर्न नसकिने बताउनुभएको हो। उहाँले राजधानीमा बसेर मात्रै देशको समग्र अवस्था बुझ्न नसकिने भन्दै दुर्गम क्षेत्रका नागरिकका अनुभव र समस्यासँग राजनीतिक नेतृत्व परिचित हुनुपर्नेमा जोड दिनुभयो।

कर्णालीलगायत दुर्गम क्षेत्रका गाउँबस्तीका कथा, नागरिकका अनुभव र उनीहरूले भोगिरहेका कठिनाइले आफूलाई राजनीति बुझ्न तथा आम नागरिकसँग घुलमिल हुन सहयोग गरेको उहाँको भनाइ थियो। देशका सबै क्षेत्रका नागरिकको भावना बुझेर मात्रै जनताको वास्तविक आवश्यकताअनुसार राजनीति गर्न सकिने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले कर्णालीको भावना, सुदूरपूर्वको भावना, सुदूरपश्चिमको भावना बुझ्नुपर्छ। काठमाडौंवासीले नबुझे हामीले राजनीति गर्न सक्दैनौँ। गाउँको कुरा, विकट जिल्लाको कुरा, कर्णालीको कुरा विभिन्न कथाहरू सुन्दै आएको कारण पनि मैले राजनीति गर्न सकेको हो।”

पुस्तकका लेखक लक्ष्मणबहादुर शाहीले कर्णालीका दुर्गम बस्तीमा रहेका गरिबी, अभाव, भौगोलिक विकटता र नागरिकले भोगिरहेका दुःख–पीडालाई राज्यको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले ‘आधा अध्याय’ पुस्तक लेखेको बताउनुभयो।

केन्द्रिकृत राज्यसत्ताबाट टाढा रहेका गाउँबस्तीका वास्तविक समस्या पहिचान गरी तिनको उचित सम्बोधन हुनुपर्नेमा उहाँले जोड दिनुभयो। गाउँघरका नागरिकले भोगिरहेका सामाजिक समस्या, भौगोलिक कठिनाइ र आधारभूत आवश्यकतासम्बन्धी अभावलाई पुस्तकमा अभिलेखबद्ध गरेर राज्य सञ्चालन गर्ने निकाय तथा नीति निर्मातासम्म पुर्‍याउने प्रयास गरिएको उहाँले बताउनुभयो।

शाहीले भन्नुभयो, “आफ्ना वास्तविक समस्याहरू, गाउँबस्तीमा गरिबीको रेखामुनि रहेका तमाम दाजुभाइ, दिदीबहिनीहरूका पीडा, सुख–दुःख, उकाला–ओराला, विकट बस्तीहरू, भौगोलिक विकटता र केन्द्रिकृत राज्यसत्ताबाट टाढा–टाढाका गाउँबस्तीमा भइरहेका अभाव र पीडाहरूलाई किताबमार्फत लिपिबद्ध गरी शासकका आँखासम्म, सिंहदरबारका टेबलहरूसम्म पुर्‍याउने कोसिस गरेको छु।”

राज्य सञ्चालन गर्नेहरूले कर्णालीका वास्तविक समस्या पहिचान गरेर तिनलाई उचित ढंगले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो। राजधानीमा हुने नीतिगत निर्णयमा दुर्गम क्षेत्रका नागरिकका आवश्यकता र प्राथमिकता समेटिनुपर्ने सन्देश पुस्तकले दिने उहाँले बताउनुभयो।

पुस्तकमा कर्णालीको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई समेत समेटिएको छ। लेखक शाहीका अनुसार जुम्लाको सिञ्जा नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक क्षेत्र हो। खस सभ्यता, मस्टो संस्कृति, मार्सी धान, स्याउ तथा ऐतिहासिक मठमन्दिर र सम्पदाले सिञ्जाको छुट्टै पहिचान स्थापित गरेका छन्।

सिञ्जा सभ्यतालाई नेपालको महत्वपूर्ण सभ्यतामध्ये एकका रूपमा उल्लेख गर्दै शाहीले यसको इतिहास, परम्परा र संस्कृतिबारे राष्ट्रियस्तरमा थप चर्चा हुनुपर्ने बताउनुभयो। विगतमा बाइसे–चौबिसे राज्यका रूपमा शक्तिशाली इतिहास बोकेको जुम्लाको ऐतिहासिक पहिचानलाई राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्नुपर्ने उहाँको धारणा थियो।

‘आधा अध्याय’ पुस्तकमार्फत कर्णालीका नागरिकका वास्तविक समस्या, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचानलाई राजधानीसम्म पुर्‍याउने प्रयास गरिएको छ। पुस्तक विमोचन कार्यक्रमले दुर्गम क्षेत्रका समस्या र सम्भावनालाई राष्ट्रिय बहसको विषय बनाउनुपर्ने आवश्यकतालाई समेत उजागर गरेको छ।