२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा

म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा

म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा
अ अ+ अ-

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी रहेको बताउनुभएको छ। आफू आरक्षणका आधारमा नभई शैक्षिक योग्यता, क्षमता र अनुभवका आधारमा राजदूत पदमा सिफारिस भएको उहाँले स्पष्ट पार्नुभएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उहाँको सिफारिस आरक्षणका आधारमा भएको हो कि भन्ने प्रश्न उठाएपछि डा. झाले यस्तो जवाफ दिनुभएको हो। उहाँले आफूले विभिन्न विषयमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको उल्लेख गर्दै आफ्नो नियुक्तिलाई योग्यता र क्षमताका आधारमा मूल्याङ्कन गर्न आग्रह गर्नुभयो।

डा. झाले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको जानकारी दिनुभयो। साथै, सार्वजनिक विषयमा लेखन तथा विश्लेषणमार्फत पनि योगदान दिँदै आएको उहाँको भनाइ थियो।

‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु। अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताका आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु,’ उहाँले समितिको बैठकमा भन्नुभयो।

उहाँले कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको कुरा स्वीकार गर्दै सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोडेर जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

‘सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिबद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्छु भन्नेमा विश्वस्त छु,’ उहाँले भन्नुभयो।

कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी भए पनि आफ्नो शैक्षिक पृष्ठभूमि, ज्ञान र क्षमता उपयोग गर्दै जिम्मेवारी पूरा गर्ने उहाँको भनाइ छ। नेपाल र श्रीलंकाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन आफूले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ।

संसदीय सुनुवाइका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै डा. झाले आफ्नो नियुक्तिलाई आरक्षणसँग जोडेर नभई योग्यता, क्षमता र जिम्मेवारी निर्वाह गर्न सक्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने धारणा राख्नुभएको हो।