११ मंसिर २०८१, मंगलवार
,
Latest
को हुन् अल्लाह गजानफर ? जसलाई ४.८० करोड रुपैयाँमा मुम्बईले किन्यो छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसङघ धान झाँट्दै बाबुराम- फोटो फिचर विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द रवि लामिछानेलाई आज बेलुकी काठमाडौं ल्याइने आईपीएल मेगा अक्सनमा १८२ खेलाडी बिके, ऋषभ पन्त इतिहासकै महँगा खेलाडी सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् जर्मन लिजेण्ड फुटबलर बेकनबाउर



अ+ अ-

काठमाडौँ । फुटबलका महान् खेलाडीमध्येका एक जर्मन लिजेण्ड फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनी १९७४ मा पश्चिम जर्मनीको कप्तान भएर विश्वकप जितेका थिए भने १९९० मा प्रशिक्षकको रुपमा फेरि ट्रफी उचालेका थिए ।

डिफेन्डर बेकनबाउरले जर्मन क्लब बायर्न म्युनिखको लागि ५८२ खेल खेलेका थिए । उनले बार्यनबाट पनि खेलाडी र प्रशिक्षकको रुपमा लिगको उपाधि जित्न सफल भएका थिए ।

१९७२ मा युरोपियन च्याम्पियनसिप जितेका उनी दुई पटक बालोन डि’ओर ट्रफी उचाल्न समेत सफल भए ।

उनको परिवारले जनाएका छन्, ‘यो गहिरो दुःखका साथ हामी घोषणा गर्दछौं कि मेरा श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकनबाउरको हिजो, आइतबार, शान्तपूर्वक निधन भएको छ ।’

पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका उनले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गरेका थिए र प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए ।

बायर्नबाट चार लिग उपाधि जितेका उनी १९८२ मा ह्याम्बर्गबाट समेत बुन्डेसलिगा जितेका थिए ।