५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका कृष्ण सिटौलाको मनोनयन दर्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन् ।

विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसको महामन्त्री समेत भइसकेका सिटौला गएको निर्वाचनमा भने राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए ।

सिटौलाको समर्थकमा हिमाल कार्की र प्रस्तावकमा प्रदीप सुनुवार रहेका छन् ।