• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

टुटलका संस्थापक शिक्षित भट्टलाई छाड्न आदेश



काठमाडौँ । जिल्ला अदालत काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न प्रहरीले गरेको अनुरोधलाई अस्वीकार गर्दै हाजिर जमानीमा छाड्न आदेश दिएको हो ।

बिहीबार राति पक्राउ परेका भट्टलाई प्रहरीले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो । तर अदालतले छाड्न आदेश दिएको हो ।