• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

वर्तमान गठबन्धन सरकारले देश हित विपरित काम गर्योः सम्मानित नेता खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरत भएको दाबी गर्नुभयो । उहाँले छिमेकी देशले दिने अनुदान आफूहरु सहस्र स्वीकार्न तयार रहेको तर कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो र पुरानो मुलुक पनि हो । हाम्रो देशलाई अहिलेसम्म कसैले प्रभुत्वमा राख्न सकेका छैनन् । त्यसैले नेपालको स्वतन्त्रता दिवस पनि छैन । यस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुराहरु हाम्रो राष्ट्रको हीतको कुरा हुँदैन । हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल हुँदैन ।

यो राष्ट्रिय हित विपरित हुन्छ । यो कुरा ३ करोड दिने कुरा गरियो, त्यस बेलादेखि नै गलत हो । त्यसपछि ५ करोड बनाउने कुरा पनि गलत हो र अहिले २० करोड बनाउने कुरा पनि गलत हो । यदी छिमेकी देश भारतले हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौँ र मुरीमुरी धन्यवाद दिन्छौँ । नेपाल सरकारले योजना बनाएर यो देशको विकास गर्ने हाम्रो अधिकारलाई हामी सुरक्षित राख्छाँै । यो अधिकार यो गठबन्धन सरकारले सुरक्षित राख्न सकेन । त्यस कारणले यो राष्ट्र हित विपरितको कुरा हो ।’

सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर कुनैपनि सरकारले अघि बढ्न जरुरी रहेको बताउनु भयो ।