• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्नेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्योः ईश्वर पोखरेल



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको उहाँको जिकिर थियो । शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधिनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले सामाजिक सदभावमाथि आँच पु¥याउने काम गरिरहेका दाबी गर्दै त्यसलाई जोगाउनका लागि पनि सबैलाई एमालेमा गोलबन्द हुन पनि अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको भूराजनीतिक संवेदनशीलताका कारणले हामीहरु धेरै किसिमका संकटहरु झेल्नका लागि अभिसप्त बन्दैछौं । यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरुको एकतावद्ध हुनुपर्ने आवश्यक्ता छ । राष्ट्रिय शक्तिहरु एकताबद्ध यो जियोपोलिटिकल सेन्सेटिभीटीबाट क्रियट भएको सृर्जित समस्यासित हामी सुध्न सक्छौं । र, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्डताको रक्षा गर्न सक्छौं । यो राष्ट्रिय अभिभारालाई पूरा गर्ने काममा नेकपा एमालेको एउटा सशक्त, प्रभावकारी जनसंगठनको रुपमा रहेको जनसांस्कृतिक महासंघले प्रभावकारी भूमिका खेलोस भन्ने कुरा म राख्न चाहन्छु । आज राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दाहरु धुमिल बनाइँदैछ । त्यसका तमाम दृष्टान्तहरु छन ।

अब गर्दागर्दा अहिले हालसालै एउटा छिमेकी देशको परराष्ट्रमन्त्री आउँदाखेरी गरिएको सहमती, सम्झौताहरु नेपालका कुनैपनि दल, प्रतिपक्ष दलसँग सल्लाह, विमर्श केही छैन । कुनै जानकारी छैन । गोप्य ढंगले र षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधिनतामा आँच पुग्ने हिसावका कतिपय विषयहरु सम्झौता गर्ने नाममा गरिएका छन । यसलाई नेकपा एमालेका अत्यन्तै गम्भिर रुपमा लिएको छ । हिजो त्यो लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो जो अतिक्रमित भूमि हो । त्यो अतिक्रमित भूमिलाई अब हामीले फिर्ता लिनुपर्छ भनेर सिंगै देशभरी शक्तिहरुलाई गोलबन्ध गरेर एमालेले प्रयत्न ग¥यो । र संविधानलाई समेत संशोधन गरेर अगाडि बढ्न चाह्यो । र, अव कुटनीतिक पहल र प्रयत्नबाट यसलाई हामीले अगाडि बढाउनु पर्छ भन्ने संकल्प ग¥यो । तर आज ती चिजहरुलाई धुमिक बर्नाइदैछ ।

सामाजिक सद्भाव अभिवृद्धि गर्नु पर्छ । यो सामाजिक सद्भावको जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ । सामाजिक सदभाव खल्बलियो भने हाम्रो राष्ट्रिय एकता पनि कमजोर हुन पुग्छ । हाम्रो स्वाधिनतामाथि आँच पुग्नसक्छ भन्ने मान्यता एमालेले राखेको हो । अहिले त्यसैमाथि आँच पु¥याउने कोशिस गरिँदैछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्वपूर्ण विकास आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढ्न नदिएको पनि बताउनु भयो ।