८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्नेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्योः ईश्वर पोखरेल

सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्नेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्योः ईश्वर पोखरेल
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको उहाँको जिकिर थियो । शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधिनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले सामाजिक सदभावमाथि आँच पु¥याउने काम गरिरहेका दाबी गर्दै त्यसलाई जोगाउनका लागि पनि सबैलाई एमालेमा गोलबन्द हुन पनि अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको भूराजनीतिक संवेदनशीलताका कारणले हामीहरु धेरै किसिमका संकटहरु झेल्नका लागि अभिसप्त बन्दैछौं । यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरुको एकतावद्ध हुनुपर्ने आवश्यक्ता छ । राष्ट्रिय शक्तिहरु एकताबद्ध यो जियोपोलिटिकल सेन्सेटिभीटीबाट क्रियट भएको सृर्जित समस्यासित हामी सुध्न सक्छौं । र, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्डताको रक्षा गर्न सक्छौं । यो राष्ट्रिय अभिभारालाई पूरा गर्ने काममा नेकपा एमालेको एउटा सशक्त, प्रभावकारी जनसंगठनको रुपमा रहेको जनसांस्कृतिक महासंघले प्रभावकारी भूमिका खेलोस भन्ने कुरा म राख्न चाहन्छु । आज राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दाहरु धुमिल बनाइँदैछ । त्यसका तमाम दृष्टान्तहरु छन ।

अब गर्दागर्दा अहिले हालसालै एउटा छिमेकी देशको परराष्ट्रमन्त्री आउँदाखेरी गरिएको सहमती, सम्झौताहरु नेपालका कुनैपनि दल, प्रतिपक्ष दलसँग सल्लाह, विमर्श केही छैन । कुनै जानकारी छैन । गोप्य ढंगले र षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधिनतामा आँच पुग्ने हिसावका कतिपय विषयहरु सम्झौता गर्ने नाममा गरिएका छन । यसलाई नेकपा एमालेका अत्यन्तै गम्भिर रुपमा लिएको छ । हिजो त्यो लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो जो अतिक्रमित भूमि हो । त्यो अतिक्रमित भूमिलाई अब हामीले फिर्ता लिनुपर्छ भनेर सिंगै देशभरी शक्तिहरुलाई गोलबन्ध गरेर एमालेले प्रयत्न ग¥यो । र संविधानलाई समेत संशोधन गरेर अगाडि बढ्न चाह्यो । र, अव कुटनीतिक पहल र प्रयत्नबाट यसलाई हामीले अगाडि बढाउनु पर्छ भन्ने संकल्प ग¥यो । तर आज ती चिजहरुलाई धुमिक बर्नाइदैछ ।

सामाजिक सद्भाव अभिवृद्धि गर्नु पर्छ । यो सामाजिक सद्भावको जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ । सामाजिक सदभाव खल्बलियो भने हाम्रो राष्ट्रिय एकता पनि कमजोर हुन पुग्छ । हाम्रो स्वाधिनतामाथि आँच पुग्नसक्छ भन्ने मान्यता एमालेले राखेको हो । अहिले त्यसैमाथि आँच पु¥याउने कोशिस गरिँदैछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्वपूर्ण विकास आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढ्न नदिएको पनि बताउनु भयो ।