२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका सर्वाधिक लोकप्रिय युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपालमा



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्म युट्युबमा सर्वाधिक धेरै सब्स्क्राइबर भएका युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपाल आइपुगेको छ । शनिवार एक भिडियो सार्वजनिक गर्दै मिस्टर बिस्टले आफ्नो टिम ‘सिक्रेट मिसन’का लागि नेपाल पुगेको जानकारी दिएका छन् ।

२२ करोड ४० लाख बढी सब्स्क्राइबर भएका मिस्टर बिस्टले परोपकारी कामका लागि ‘बिस्ट फिलान्थ्रोफी’ नामक युट्युब च्यानल पनि सञ्चालन गर्दै आएका छन् । शनिबार सो च्यानलमा ‘३० ल्याम्बोर्गेनी भर्सेस १० थाउजेण्ड्स’ शीर्षकको भिडियोको अन्तमा मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।

खाइलस्था दक्षिण अफ्रिकाबाट टुहुरा बालबालिकालाई सहयोग गर्दै बिस्टले २०२३ परियोजना सुरु गरेका थिए । त्यसपछि होपी रिजर्भेसन परियोजनामा होपी जनजातीका बालबालिकालाई सहयोग गर्दै कम्बोडियाका दुई हजार जनालाई उनले कृत्रिम खुट्टा उपलब्ध गराएका थिए ।

साथै, सोही परियोजनामा मिस्टर बिस्टले कोलम्बियाको एउटा गाउँलाई विद्युत् र इन्टरनेट सेवा, केन्यामा सफा पिउने पानी र त्यहाँका एक हजार स्थानीयलाई विद्युतीय साइकल समेत बाँडेका छन् । फिलिपिन्सको बाल अस्पतालमा सहयोग, थाइल्यान्डमा २० लाख बढी सडक कुकुरलाई सहयोग, जामिबियाको गाउँमा सौर्य ऊर्जाको व्यवस्थाका साथै बिस्टले क्यामेरुनमा हजारौं बालबालिकालाई समेत सहयोग उपलब्ध गराएका छन् ।

२०२३ को सोही परियोजना नेपालबाट टु्ङ्ग्याउने भन्दै सिक्रेट मिसनका लागि आफ्नो टिम संसारको सबैभन्दा उच्च हिमाल माउन्ट एभरेस्टमा पुगेको बिस्टले बताएका छन् ।

हेर्नुहोस् भिडियोः