३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर

प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
अ+ अ-

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशवासीका मुद्दालाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रदेशसभाको बैठकमा आज विश्वासको मत माग्ने क्रममा उहाँले प्रदेश सरकारलाई प्रशासन चलाउने संरचनाभन्दा जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने बताउनुभयो ।

उहाँले प्रदेशसभाबाट बजेट पारित भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो भूमिका हुने बताउनुभयो । सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गर्ने उहाँको भनाइ छ । उहाँले उपलब्ध साधनस्रोतको समुचित प्रयोगबाट प्रदेशवासीको आशा र अपेक्षा सम्बोधन गर्नु आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।

प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि, वन, पर्यटन, रोजगारी र सहज सार्वजनिक सेवामा जोड दिने उहाँले बताउनुभयो । गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न प्रभावकारी भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री थापामगरले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, प्रविधिको प्रयोग, शिक्षक क्षमता विकास र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

उहाँले किसानलाई अनुदानमा मात्र सीमित नराखी उत्पादनदेखि बजारसम्म जोड्ने नीति लिइने बताउनुभयो । युवाको विदेशपलायन रोक्न प्रदेशमै उद्योग, पर्यटन, सूचना प्रविधि, कृषि, साना उद्यम र खेलकुदमार्फत रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । विकास योजनामा ढिलाइ हुने प्रवृत्ति अन्त्य गर्न आवश्यकताका आधारमा योजना छनोट, समयमै ठेक्का प्रक्रिया, गुणस्तरीय निर्माण र समयमै आयोजना सम्पन्न गर्ने प्रणाली विकास गरिने मुख्यमन्त्री थापामगरको भनाइ छ ।

बागमतीमा सङ्घीय राजधानीसहित ठूलो जनसङ्ख्या, आर्थिक गतिविधि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सम्भावना रहे पनि दुर्गम भूगोल, ग्रामीण क्षेत्र, विपन्न तथा सीमान्तकृत समुदाय अझै आधारभूत सेवाबाट टाढा रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापाले सरकार सत्ता पक्षको मात्र नभई प्रदेशका सबै जनताको सरकार भएको बताउँदै प्रतिपक्षको आलोचनालाई विरोधका रूपमा नभई सरकारलाई सही बाटोमा हिँडाउने खबरदारीका रूपमा लिइने प्रष्ट पार्नुभयो । रासस