९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुढा जोड्ने सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक सडकका रूपमा विकास गरिने बताउनुभएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको टोलीसँगको छलफलमा आज मुख्यमन्त्री भट्टले दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाउने बताउनुभएको हो । साथै उहाँले नीति तथा योजना आयोग गठन भएसँगै प्रदेशको बजेट निर्माण प्रक्रियाले गति लिने बताउनुभयो । सङ्घले विभिन्न सडक सञ्जाललाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने मागमा आफू सकारात्क रहेको भन्दै उहाँले आगामी बजेटमा सोहीअनुसार बजेट विनियोजनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “सडक सञ्जालको विकास प्रदेशको प्राथमिकताको विषय हो । त्यसैले आवश्यकताका आधारमा प्रदेशका महत्त्वपूर्ण सडक तथा पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाउँछौँ ।”

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्यटनलगायत विभिन्न क्षेत्रमा ठूलो सम्भावना रहेकाले विभिन्न पर्यटकीय क्षेत्रलाई जोड्ने गरी सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटको समेत सहभागिता रहेको थियो । रासस