१२ श्रावण २०८३, मंगलवार
,
Latest
पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै कोशी फाइनलमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै कोशी प्रदेश फाइनलमा पुगेको छ । अब कोशीले आईतबार उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

जितको लागि ८९ रनको विजयी लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोशीलागि काजोल श्रेष्ठ ३८ रनमा अविजित रहिन् । रुविना क्षेत्री बेलबासेले ३७ रन बनाउदा अप्सरी बेगम १२ रनमा अविजित रहिन् ।

सुदूरपश्चिम प्रदेशको लागि लक्ष्मी साउदले एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । सुदूरको लागि सम्झना खड्काले सर्वाधिक २४ रन बनाइन् । विन्दु रावलले १७ रन बनाईन् । रुवी पोदार, रेवती धामी, अनु कडायत र लक्ष्मी साउदले ७(७ रन बननाए ।

कोशीको लागि संगिता राई २ विकेट लिँदा सबनम राई, एलिसा खडिया र निशा शाहले १-१ विकेट लिइन् ।