• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै कोशी फाइनलमा



काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै कोशी प्रदेश फाइनलमा पुगेको छ । अब कोशीले आईतबार उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

जितको लागि ८९ रनको विजयी लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोशीलागि काजोल श्रेष्ठ ३८ रनमा अविजित रहिन् । रुविना क्षेत्री बेलबासेले ३७ रन बनाउदा अप्सरी बेगम १२ रनमा अविजित रहिन् ।

सुदूरपश्चिम प्रदेशको लागि लक्ष्मी साउदले एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । सुदूरको लागि सम्झना खड्काले सर्वाधिक २४ रन बनाइन् । विन्दु रावलले १७ रन बनाईन् । रुवी पोदार, रेवती धामी, अनु कडायत र लक्ष्मी साउदले ७(७ रन बननाए ।

कोशीको लागि संगिता राई २ विकेट लिँदा सबनम राई, एलिसा खडिया र निशा शाहले १-१ विकेट लिइन् ।