१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रो क्लब क्रिकेटः पुलिस र पर्सा–११ उपाधिका लागि भिड्दै



अ+ अ-

वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र पर्सा–११ भिड्ने भएका छन् ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा उक्त फाइनल खेल आज दिउँसो १ बजे हुने छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा–११ ले नेपाल आर्मी क्लबलाई तथा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोयडालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

यस्तै तेस्रो स्थानका लागि आज बिहान ९ बजे नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा गत पुस ५ गतेदेखि सञ्चालित प्रतियोगितामा पर्सा–११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वान्डर्स क्लब र यूपी–११ को सहभागिता छ ।