१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी रहनेछ: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संकल्प यात्राको औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी नै रहेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा समापनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका माझमा एमाले सधैं रहने बताएका हुन् ।

संकल्प यात्राको क्रममा सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने, जनताका विचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि नियाल्ने मौका पाएको बताएका छन् । साथै, उनले प्रचूर सम्भावना हुंदाहुंदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयांस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेल्ने बताए।

यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने बताउदै उनले फेसबुकमार्फत भनेका छन्- ‘मंसीर १४ देखि शुरू गरिएको समृद्धिका लागि झुलाघाट- चिवाभन्ज्यांग “संकल्प यात्रा ” सफलताका साथ विधिवत सम्पन्न भएको छ । अहिले औपचारिक रूपमा घोषित कार्यक्रम मात्र टुंगिएको हो । तर यो यात्राका उद्देश्य र विषयहरूलाई अगाडि बढाउने एमालेको संकल्प र योजना भने जारी रहनेछ !हामी जनताका विचमा पुगिरहनेछौं, जनतासितको सम्वन्धलाई गाढा बनाइरहनेछौं , प्रचूर सम्भावना हुंदाहुंदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयांस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेलिरहनेछौं । यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई हामी छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने छौं ।

एमालेले संविधानसम्मत , शान्तिपूर्ण तरिकाले, सिंगो मुलुक र आम जनताले भोगिरहेका, अनुभूत गरिरहेका बिषयमा केन्द्रीत रही जनतामा जाने कुरा गरिरहेका बेला यसप्रति असहिष्णुता प्रदर्शन गर्ने , अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको छ ! सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका विचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस विचमा नियाल्ने मौका पाएका छौं । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ ! कुनै पनि विशाक्त तथा मुलुक र नेपाली जनताको हीत विपरितका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढंगले उभिरहनेछ ।

यस यात्रामा देखिएको एमालेप्रति जनताको रूची , माया , सद्भाव र समर्थनप्रति हार्दिक आभार ! लाखौं जनता स्वतस् परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनु भएको छ त्यसले सिंगो एमाले पंक्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ ! सम्पूर्ण देशभक्त नागरिकहरूबाट जुन साथ समर्थन तथा ऐक्यवद्धता प्रदर्शन भएको छ त्यसप्रति उच्च सम्मान छ । नेकपा(एमाले) निरन्तर देश र जनताको पक्षमा समर्पणभावका साथ जुटिरहनेछ , जुटिरहनेछ !!’