५ श्रावण २०८३, मंगलवार
,
Latest
झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध आन्तरिक राजस्व कार्यालय तुलसीपुरले ४ अर्ब ३० करोड बढी राजस्व सङ्कलन तयारी पोशाक उद्योगका समस्या र सुधारका उपायबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्दै एकताको घोषणासहित सुरु भएको एनआरएनए अमेरिकाको साधारण सभा निष्कर्षविहीन, सहमतिका १४ बुँदामै विरोध उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन बिजक लिने उपभोक्तालाई १० लाखसम्मको उपहार, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया



अ+ अ-

भरतपुर । चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चार महिनामा ४४ दशमलव १२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका छन् ।

गत कात्तिकमा तीन हजार सात सय ९८ सुत्केरी भएकामा एक हजार छ सय ७६ को शल्यक्रिया गरिएको अस्पतालका तथ्याङ्क शाखा प्रमुख नारायण रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७६/७७ मा १२ हजार छ सय ३२ सुत्केरी भएकामा तीन हजार छ सय ३३ को शल्यक्रिया गरिएको छ । यो तथ्याङ्क २८ दशमलव ७६ प्रतिशत हो । सो वर्ष आठ हजार सात सय १० जनाको सामान्य तरिकाले शल्यक्रिया गरिएको थियो ।

आव २०७७/७८ मा अघिल्लो आवको तुलनामा छ प्रतिशतले बढेर ३४ दशमलव ९२ प्रतिशत पुग्यो । सो वर्ष नौ हजार नौ सय ७० सुत्केरी हुँदा तीन हजार तीन सय ९९ को शल्यक्रिया गरिएको थियो । त्यसपछि आव २०७८/७९ मा १२ हजार दुई सय २१ सुत्केरी हुँदा चार हजार दुई सय आठ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।

भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने उहाँले बताउनुभयो । “यहाँ बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका घटना आउँछन्”, उहाँले भन्नुभयो, “पचास प्रतिशत त ‘रिफरल केस’ नै हुन्छन् ।”

उच्च प्रश्रव पीडा र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पताल पठाउने गरेको उहाँले बताउनुभयो । उहाँले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने गरेको बताउनुभयो । सम्पन्न परिवारका महिला प्रश्रव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहने बढिरहेको उहाँको भनाइ छ ।

भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा पाँच जनाले ज्यान गुमाएका थिए । बच्चा जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालु आवको चार महिनामा २६ शिशुको मृत्यु भएको छ । अघिल्लो आव २०७९/८० मा एक सय चार शिशुको मृत्यु भएको थियो । सो वर्ष जन्म भएपछि १६ र गर्भाअवस्थामा ८८ शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । रासस