११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा
अ अ+ अ-

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।

पुराना निर्देशक उदय सुब्बाले निर्देशन गर्नुभएको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषत: यसै चलचित्रमार्फत अभिनयको सुरुआत ९डेब्यु० गर्नुभएका अभिनेता इओन लिम्बू र अभिनेत्री सिमोन गिरीकै वरपर कथा केन्द्रित छ ।

“चलचित्रमा दुवै नयाँ कलाकारले राम्रो काम गर्नुभएको छ, आउँदो समय उहाँ दुवैका लागि राम्रो हुनेछ”, निर्देशक सुब्बाले भन्नुभयो, “मैले सामाजिक ड्रामा, प्रेमकथा, हास्यलगायतका सम्पूर्ण कुरा यसमा समेटेको छु, अघिल्ला अनुभवले पनि परिपक्व बनाउँदै अगाडि बढिरहेको छु ।”

चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बूलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा दयाराम घिमिरेले पटकथा लेखन, विक्रम डिसीले छायाँकन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, ताराप्रकाश लिम्बू, आशिष अविरल र विकास चौधरीले सङ्गीत सिर्जना, राजु किरातीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

आजदेखि नै प्रदर्शन गरिएको चलचित्र ‘जम्प’ लाई बनिरहेको भन्दा भिन्न भनिएको छ । निर्देशक आशुतोषध्वज कार्कीले मनोवैज्ञानिक विधामा आधारित रहेर चलचित्र तयार गरिएको बताउनुभयो ।

“नियमितरूपमा आइरहेका भन्दा फरक गरौँ भन्ने लगेर नै जम्प तयार भएको हो, यसमा थ्रिल र सस्पेन्स पनि छ”, निर्देशक कार्कीले भन्नुभयो, “सफलताको खोजीमा रहेका एथ्लेटिक्स खेलाडीको जीवनमा आउने उतारचढावमा चलचित्र केन्द्रित छ ।”

यसमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शङ्कर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रञ्जित, सुदीप भुसाल, इलिस विष्टलगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस