११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

वर्तमान सत्ता गठबन्धन वैधानिक तरिकाले नै तोड्छौ: ओली

वर्तमान सत्ता गठबन्धन वैधानिक तरिकाले नै तोड्छौ: ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन तोड्ने बताएका छन् ।

‘झुलाघाट–चिवा भञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत शुक्रवार तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार वैधानिक तरिकाले तोड्ने बताएका हुन् ।

देशको प्रगतिका बाधक बनेका गठबन्धनका अपराधहरूलाई वैधानिक ढङ्गले जनताको अभिमतबाट परास्त गर्ने बताउदै उनले भने,
‘लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ । अहिले हामी सरकारमा छैनौ, हामीलाई देशी विदेशी षडयन्त्रहरू लागेर सरकारबाट हटाइयो । हामीले सुशासन ल्याउने काम गर्‍यौ, त्यसकारण हामीलाई हटाइयो । हामी फेरि पनि धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धन तोड्छौ ।’

नेकपा एमाले बलिदान, जेलनेल भोगेर आएको भन्दै उनले यस पार्टीलाई जनताले अलमलमा नपरी साथ दिनुपर्ने बताए । ‘हतार गर्नु पनि हुँदैन । यो देश बनाउने कुरा हो । त्यही भएर हामीले मिसन २०८४ भनेका छौ । देश विकास गर्दै पुस्तौ पुस्ता अगाडि जाने हो ।’, ओलीले भने, ‘यो पार्टी मात्रै देशमा समृद्धि ल्याउन सक्छ, देश विकास गर्न सक्छ, जनताले विकासको बाटो देखाउन र सहयोगी भौतिक सामाजिक पूर्वाधार तयार गर्छ’।