२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारसमक्ष रास्वपाको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई नेपाल फर्काउन सरकारसमक्ष ध्यानाकर्षण गराएको छ ।

रास्वपाले परराष्ट्रमन्त्री एनपी साउदसमक्ष पार्टीको ध्यानाकर्षण–पत्र बुझाउँदै यसबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्तै, रास्वपाले बन्धक बनाइएकाको सकुशल रिहा तथा प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कुटनीतिक पहल गर्न परराष्ट्रमन्त्री साउदसमक्ष ध्यानाकर्षण समेत गराएको छ ।

सो अवसरमा रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरी सहभागी थिए ।