१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन



अ+ अ-

काठमाडौं । भोटेकोसी बाढीबाट उत्पन्न विपद्को अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले गरिरहेको खोज, उद्धार तथा राहतसम्बन्धी कामको जानकारी लिएका छन्।

लामिछानेले पार्टी सर्कलमा भइरहेका गतिविधिबारे बृफिङ लिँदै विपद् प्रभावित क्षेत्रमा भइरहेका कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन पार्टीका सम्पूर्ण तह तथा निकायलाई निर्देशन दिएका हुन्।

उनले प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा पार्टीका सबै संयन्त्रलाई सक्रिय रूपमा परिचालन गर्न आग्रह गरेका छन्। विपद्को समयमा उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन गर्दै प्रभावितसम्म सहयोग पुर्‍याउन उनले निर्देशन दिएको रास्वपाले जनाएको छ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहतको काम जारी रहेका बेला लामिछानेले पार्टीको तर्फबाट भइरहेका गतिविधिको नियमित अनुगमन र समन्वयमा जोड दिएका छन्।




भर्खरै