काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथी पार्टीले गरेका कारबाहीले नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भएको जनाएको छ ।
नेपाल समुहको स्थायी समितिको बैठक जारी रहेको बेला यसअघि ६ महिनाका लागि निलम्बनमा पर्नुभएका नेता भीम रावलले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कथित कारबाहीले पार्टीको सिद्धान्त, नीति र विधान मिचिएको र नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भएको बताउनुभयो ।
अध्यक्ष ओलीलाई अबैध अध्यक्ष भन्दै नेता रावलले महाधिवेशन आयोजक समिति गठन नै अबैध भएको बताउनुभयो ।