७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती प्रदेशसभाको बैठक बस्दै



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो ।
 
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सङ्क्षिप्त कुरा गर्दै आज बसेको कार्यपरामर्श समितिको बैठकले सदन बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावसम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताउनुभयो ।
 
मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक हुनुभएका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार वाग्मती प्रदेशसभा सचिवालयमा १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो ।
 
प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य हुनुभएको भए पनि हालै सर्वोच्च अदालतको फैसलाअनुरुप अहिले सत्तारुढ नेकपा एमालेमा ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली कांग्रेस २२ तेस्रो ठूलो दलका रुपमा स्थापित भएको छ । यसैगरी साझा विवेकशील दलतर्फ, नेपाल मजदूर किसान पार्टी दुई, राप्रपाको दुई र एक स्वतन्त्र सांसद गरी कूल ११० प्रदेशसभाका सदस्य हुनुहुन्छ ।