११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका केन्द्रीय निर्वाचन संयोजक अधिकारीले दिए राजीनामा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।

पार्टीको महाधिवेशन गराउने मुख्य जिम्मेवारीमा रहनुभएको अधिकारीले नै राजीनामा दिएपछि पार्टीभित्र थप शंका उपशंका उठ्न थालेको छ ।

यसभन्दा पहिले पटक पटक महाधिवेशनको मिति तय गर्दै महाधिवेशन सर्दै गइरहेको अवस्थामा निर्वाचन संयोजक अधिकारीले राजीनामा दिएपछि पार्टीभित्र शंका उठ्न थालेको हो ।

उहाँले आकस्मीक रुपमा राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाउँदै उहाँले राजीनामा दिनु भएको हो की भन्ने आशंका धेरैको रहेको छ । यता उहाँ देउवाको निकटका नेता  रहेको देउवासँगकै सल्लाहमा उहाँले राजीनामा दिएको अनुमान पनि कतिपयले लगाएका छन् ।

यता नेता अधिकारीले भने आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताउनुभएको छ ।