२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल र हमासबीचको युद्धविरामपछि फेरि युद्ध सुरु



अ+ अ-

एजेन्सी । इजरायल र हमासबीच एक साता लामो युद्धविरामपछि फेरि युद्ध सुरु भएको छ । टाइम्स अफ इजरायलका अनुसार आईडीएफले गाजामा बमबारी सुरु गरेको छ ।

इजरायलको होलित क्षेत्रमा रकेट अलर्ट जारी गरिएको छ । आइडीएफले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । कतारी मिडिया हाउस अल जजिराका अनुसार इस्लामिक जिहादको सैन्य शाखा अल कुद्सले बिहानै इजरायलका धेरै सहरमा आक्रमण गरेको थियो । आक्रमणका कारण इजरायलले उत्तरी इजरायलका २ वटा राजमार्ग बन्द गरेको छ । साथै सीमावर्ती क्षेत्रमा खेतीपाती गर्न पनि रोक लगाइएको छ ।

इजरायली सेनाले गाजाका जनतालाई खान युनिस क्षेत्र खाली गर्न पनि आदेश दिएको छ । यसका लागि अरबी भाषामा लेखिएका पर्चाहरू हटाइएका छन् । यसैबीच हमासले इजरायलले रफाह नजिकै बिहान बमबारी गरेको बताएको छ । जसमा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको थियो । बीबीसीका अनुसार युद्धविराम भएको ३ घण्टाभित्र ३२ प्यालेस्टाइनी मारिएका छन् । जसमा महिला र बालबालिका पनि छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न नचाहेको बताएका छन् । जसका कारण युद्धविराम थप लम्ब्याउन सकिएको छैन । हमासले पनि सबै महिलालाई रिहा गरेन र इजरायलमा रकेट प्रहार गर्न थाले ।

अक्टोबर ७ मा सुरु भएको युद्धमा इजरायलमा १२ सय र गाजामा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । युद्धविराम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल प्रस्थान गरेका छन् ।

हमासले ७ दिने युद्धविराममा ११० इजरायलीलाई रिहा गरेको छ । युद्धविरामको अन्तिम दिन ८ जना इजरायली बन्धकलाई मुक्त गरिएको थियो । तीमध्ये दुई महिलालाई बिहीबार दिउँसो रिहा गरिएको थियो । ६ जना बन्धकलाई साँझ रिहा गरिएको थियो । बदलामा इजरायलले ३० प्यालेस्टिनीलाई रिहा गरेको थियो । जसमा २२ बालबालिका र ८ महिला रहेका छन् ।