२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल र हमासबीचको युद्धविरामपछि फेरि युद्ध सुरु



अ+ अ-

एजेन्सी । इजरायल र हमासबीच एक साता लामो युद्धविरामपछि फेरि युद्ध सुरु भएको छ । टाइम्स अफ इजरायलका अनुसार आईडीएफले गाजामा बमबारी सुरु गरेको छ ।

इजरायलको होलित क्षेत्रमा रकेट अलर्ट जारी गरिएको छ । आइडीएफले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । कतारी मिडिया हाउस अल जजिराका अनुसार इस्लामिक जिहादको सैन्य शाखा अल कुद्सले बिहानै इजरायलका धेरै सहरमा आक्रमण गरेको थियो । आक्रमणका कारण इजरायलले उत्तरी इजरायलका २ वटा राजमार्ग बन्द गरेको छ । साथै सीमावर्ती क्षेत्रमा खेतीपाती गर्न पनि रोक लगाइएको छ ।

इजरायली सेनाले गाजाका जनतालाई खान युनिस क्षेत्र खाली गर्न पनि आदेश दिएको छ । यसका लागि अरबी भाषामा लेखिएका पर्चाहरू हटाइएका छन् । यसैबीच हमासले इजरायलले रफाह नजिकै बिहान बमबारी गरेको बताएको छ । जसमा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको थियो । बीबीसीका अनुसार युद्धविराम भएको ३ घण्टाभित्र ३२ प्यालेस्टाइनी मारिएका छन् । जसमा महिला र बालबालिका पनि छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न नचाहेको बताएका छन् । जसका कारण युद्धविराम थप लम्ब्याउन सकिएको छैन । हमासले पनि सबै महिलालाई रिहा गरेन र इजरायलमा रकेट प्रहार गर्न थाले ।

अक्टोबर ७ मा सुरु भएको युद्धमा इजरायलमा १२ सय र गाजामा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । युद्धविराम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल प्रस्थान गरेका छन् ।

हमासले ७ दिने युद्धविराममा ११० इजरायलीलाई रिहा गरेको छ । युद्धविरामको अन्तिम दिन ८ जना इजरायली बन्धकलाई मुक्त गरिएको थियो । तीमध्ये दुई महिलालाई बिहीबार दिउँसो रिहा गरिएको थियो । ६ जना बन्धकलाई साँझ रिहा गरिएको थियो । बदलामा इजरायलले ३० प्यालेस्टिनीलाई रिहा गरेको थियो । जसमा २२ बालबालिका र ८ महिला रहेका छन् ।