• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला



जनकपुर । धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव  फेला परेको भेटिएको छ ।

धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शब फेला परेको हो ।

घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षकसहितका टोली पुगेका छन् । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचान हुन सकेको छैन । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।