११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले विभिन्न सञ्चारमाध्यममा आवद्ध महिला पत्रकार समाजका लागि फरक दृष्टिले योगदान दिन सङ्गठित भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

संवाहिका समाज नेपालद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डर सार्वजनिक समारोहलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले समाजद्वारा विहिवार राजधानीका आयोजित क्यालेन्डर सार्वजनिक एवं शुभकामना आदान–प्रदान कार्यक्रममा पत्रकारले समाचार,लेख/रचनामार्फत समाजका लागि सकारात्मक सन्देश दिने काम गर्दै थप सामाजिक काममा पनि सरिक हुन सकिन्छ भन्ने सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै आगामी दिनमा समाज र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्नका लागि आफुले समन्वयकारी भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा मध्य पश्चिम विश्वविद्यालयका उपप्राध्यापक एवं संवाहिका समाजका सल्लाहकार युवराज पौड्यालले समाजमा रहेको विसङ्गती÷कुरिती विरूद्ध कलम चलाएर जागरण फैलाउने महिला पत्रकार सामुहिक हितका लागि जुट्नु सह्रानीय कार्य हो भन्नुभयो ।

उहाँले संस्था स्थापना गर्नु भन्दा त्यसलाई निरन्तरता दिनु पनि उत्तिकै चुनौतिपूर्ण कार्य रहेकोले काम गर्दै जादा सबै विषयमा एकमत नहुन सक्छ तर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिक निर्णयमा विश्वास गर्दै अगाडि बढ्न शुभकामना दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बद्री तिमल्सिनाले छापा, अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा काम गर्दै हासिल गरेको अनुभव÷ विज्ञतालाई समाजका लागि उपयोग गर्नका एकतावद्ध महिला पत्रकारको समुहले सामाजिक काममा पनि अर्थपूर्ण क्रियाकलापसहित सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पत्रकारिता कर्म नै समाजका लागि हो, साथै लेखनभन्दा फरक अभ्यास/प्रयासले पनि नेपाली समाजको उत्थानका लागि काम गर्न सकिने उदाहरण संवाहिका समाजले दिदैं अगाडि बढ्नु भन्दै शुभकामना दिनुभयो ।

सपोर्ट नेपालका अध्यक्ष रोशना खड्काले संवाहिका समाज नेपालले आफ्नो क्रियाकलापमा समानुपातिक अवधारणालाई समेत पछ्याउने प्रयास गरेकोमा भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले आफु लामो समयदेखि विभिन्न संस्थाको नेतृत्वमा रहेर मानवअधिकार, महिला÷बालबालिकाको अधिकारका साथै मानवअधिकारको रक्षाका लागि समेत वकालत गर्दै आएकोमा आगामी दिनमा समाजसँग सहकार्य गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

आत्मन हस्पिटल र हिलिङ सेन्टरका व्यवस्थापन निर्देशक साधना थापाले आजको भागदौड÷प्रतिस्पर्धालाई प्राथमिकता दिने समाजमा मानसिक स्वास्थ्यको अवस्था निक्कै खस्किदै गएको विचार व्यक्त गर्दै सेन्टरले मानसिक र शारीरिक स्वास्थ्य क्षेत्रमा काम गर्दा संवाहिका समाजसँग पनि जोडिने बताउनुभयो ।

उहाँले सेन्टरका गतिविधीमा पनि समाजका संलग्नता चाहेको र मानसिक स्वास्थ्य शिक्षाबारे जागरण फैलाउन पत्रकारको सहयोग लिने कामका लागि सहकार्य गर्ने बताउनुभयो ।

समाजका अध्यक्ष चाँदनी हमालले पत्रकारिता क्षेत्रमा विगत २५ वर्षदेखि आफु संलग्न रहेको र समाजमा आवद्ध सबै पदाधिकारी र सदस्यले पत्रकारितामा बटुलेको अनुभव, ज्ञान/सिप नयाँ पिडीलाई दिन, अन्य सामाजिक कर्मका लागि संवाहिका समाज नेपालमार्फत ऐक्यवद्ध भएको बताउनुभयो ।

उहाँले खानी तथा भूगर्भ विभागसँग सहकार्य गरेर वैशाख १२ गते आयोजित भूकम्पीय जोखिमबाट बच्न सचेतनामुलक वृहत फोटो प्रदर्शनीमा विभिन्न दृष्टिले सहयोग गर्नुहुने संस्था र व्यक्तित्वहरूलाई प्रसंसापत्र पनि प्रदान गर्नुभएको थियो ।

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधी एवं समाजका सल्लाहकार कल्पना केसीले विविध सहयोगसहित उपस्थित जनाउनुभयो भने पोषणविद् सुजा मोक्तानलगायतका व्यक्तित्वहरूको समेत उपस्थिती रहेको थियो ।