• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति ★   भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व ★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

कुटपिट र लुटपाटको आरोप लगाउँदै उहाँहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्राणमञ्च डटकमका प्रधानसम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै बालेन र पाण्डेसहित महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दर्ता गराउनुभएको हो ।

काठमाडौं महानगरपालिकाले सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिनुभएको हो ।
पोखरेलले मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गर्नुभएको छ ।

त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन पनि माग गरिएको छ ।