२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा लागूऔषध मुद्दामा ७७ जना पक्राउ



अ+ अ-

महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिलासमेत छन् ।

पक्राउ परेका सबैलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । प्रहरीले फागुनमा लागूऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत बरामद गरेको छ ।

“कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा कैदीबन्दी लागूऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो । प्रहरीले विभिन्न मुद्दामा अदालत र प्रशासनबाट कैद/जरिवाना भएर फरार रहेका एक सय १३ अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनायता नेपाल–भारत सीमानाकाबाट ४९ जनाको उद्धार गरेको छ । हराएका ९७ जनामध्ये ६२ जना फेला परेका प्रहरी उपरीक्षक जोशीले बताउनुभयषे । “सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत बाल विवाह न्युनीकरण, लागूऔषध दुव्र्यसन, आत्महत्या न्युनीकरणलगायतका कार्यक्रम जारी छन्”, उहाँले भन्नुभयो । यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनाको अवधीमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएको रु एक करोड ५९ लाख मूल्यको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ । रासस