काठमाडौं । प्रतिनिधिसभामा कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।
सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलका सांसदलाई पटक-पटक आसन ग्रहणका लागि अनुरोध गर्दा पनि नाराबाजी बन्द नभएपछि राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।
सत्तारुढ दलका सांसदले भने सभामुखले पत्र पढेर सुनाएपछि ताली बजाएर पारित गरे ।
काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।