२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 3.09

Humidity: 47

Latest
काँग्रेस—एमालेको भागबण्डा नमिल्दा गभर्नर नियुक्ति भएन भन्नेकुरा सत्य होइन: मन्त्री गुरुङ कार्यक्रमपछि सरसफाई गरेपछि बालेनले राप्रपालाई दिए धन्यवाद कामपाले सञ्चालन गरेको घुम्ती खाद्य प्रयोगशालामा २४ भन्दा बढी प्रकारका परीक्षण हुने शिक्षा मन्त्रालयद्वारा आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि पुन: आह्वान ‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक राप्रपा अध्यक्ष लिङदेनको आरोप: प्रहरी प्रमुख थापा युवा संघको सहअध्यक्ष रहेछन् बल्खुमा राप्रपाको खबरदारी सभा-तस्बिरहरु विद्युतीय धरापमा परेर बालिकाको मृत्यु संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ । रासस