• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

बिहिबार बसेको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।

काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।

आजको बैठकमा पनि काँग्रेसले सोही विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पारेको हो ।