• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

डा.गोविन्द केसीले अनसन तोडे



काठमाडौँ । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् ।

विहीवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ ‍औं अनसन तोडेको जनाएका हुन् ।

पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा द्वन्द्व पीडितहरु भानुप्रताव साह,उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोडेका छन् । डाक्टर केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैँले अप्रेसन गरेका घाइते भएको बताउनु भयो । द्वन्द्व पीडितहरुलाई आफैँले उपचार गरेकाले उहाँहरुको हातबाट जुस लिएको बताउनु भयो । उहाँले राज्यले नागरिकहरु प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको बताउनु भयो ।

उहाँले द्वन्द्व पीडितहरुले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघि देखि माग राख्दै आएको तर अहिलेसम्म सम्बोधन नगरेको बताउनु भयो । उहाँले आज अनसनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था क्रिटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएसँगै अनसन तोडेको बताउनु भयो । उहाँले वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको उल्लेख गर्नुभयो । उहाँले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मुर्खता भएको बताउनु भयो । उहाँले अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको उल्लेख गर्नुभयो ।

डाक्टर केसीका अनसनमा सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको तत्काल राजीनामा माग थियो । सबै नेपालीलाई नि:शुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चार बुँदे माग राखेर अनसनमा थिए । यी माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि अनसन भंग गरेका हुन् ।