१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

डा.गोविन्द केसीले अनसन तोडे

डा.गोविन्द केसीले अनसन तोडे
अ अ+ अ-

काठमाडौँ । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् ।

विहीवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ ‍औं अनसन तोडेको जनाएका हुन् ।

पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा द्वन्द्व पीडितहरु भानुप्रताव साह,उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोडेका छन् । डाक्टर केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैँले अप्रेसन गरेका घाइते भएको बताउनु भयो । द्वन्द्व पीडितहरुलाई आफैँले उपचार गरेकाले उहाँहरुको हातबाट जुस लिएको बताउनु भयो । उहाँले राज्यले नागरिकहरु प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको बताउनु भयो ।

उहाँले द्वन्द्व पीडितहरुले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघि देखि माग राख्दै आएको तर अहिलेसम्म सम्बोधन नगरेको बताउनु भयो । उहाँले आज अनसनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था क्रिटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएसँगै अनसन तोडेको बताउनु भयो । उहाँले वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको उल्लेख गर्नुभयो । उहाँले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मुर्खता भएको बताउनु भयो । उहाँले अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको उल्लेख गर्नुभयो ।

डाक्टर केसीका अनसनमा सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको तत्काल राजीनामा माग थियो । सबै नेपालीलाई नि:शुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चार बुँदे माग राखेर अनसनमा थिए । यी माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि अनसन भंग गरेका हुन् ।