• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कांग्रेसको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बिहिबार बसेको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलका सांसदलाई पटक-पटक आसन ग्रहणका लागि अनुरोध गर्दा पनि नाराबाजी बन्द नभएपछि राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

पछि सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय  दिएका थिए । तर कांग्रेस सांसदले उग्र तरिकाले नाराबाजि गरेपछि गृहमन्त्रीको कार्यसुचि अघि नबढाईएको जनाए । सोहिक्रममा एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल समेत भएको थियो ।

बैठकमा तनाव सिर्जना भएपछि सभामुखले शुक्रबार ११ बजेसम्मका स्थगित गरेका हुन् ।