२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु टोली गण्डकीले राष्ट्रिय खेलाडीले भरिएको एपीएफलाई हरायो



अ+ अ-

काठमाडौँ । केपी ओली टि-२० कपमा घरेलु टोली गण्डकीले राष्ट्रिय टोलीबाट खेलेका ७ खेलाडी भएका नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ ।

जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पाएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले सर्वाधिक २५ रन बनाए । दिनेश बुढामगरले २५, गौरव विक र अभिषेक थापाले ११ – ११ रन बनाए ।

एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिँदा इर्शद अहमद, अमर रौटेला र अरुण ऎरिले १-१ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १८.४ ओभरमा १ सय १ रन बनाएर अलआउट भयो।

एपीएफका कप्तान प्रदीप ऎरिले सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४/१४ रन बनाए । अरुण ऎरि र अमर रौटेलाले ५/५ रन वनाए ।

गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले समाान २-२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १-१ विकेट लिए ।

समूह बि मा रहेको गन्डकीले आइतबार लुम्बिनीसग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेकोछ । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सि का विजेता खेल्नेछन् ।